डिभिजन वन कार्यालय, इलामको मुख्य उद्देश्यहरु देहाय बमोजिम छन्:
- डिभिजन भित्रको राष्ट्रिय वनको संरक्षण, सम्बर्धन तथा सदुपयोग गर्ने ।
- डिभिजन स्तरीय संघीय र प्रदेश सरकारका वनसँग सम्बन्धित ऐन, नियम तथा नीतिहरुको प्रभावकारी कार्यान्वयन गर्ने ।
- प्रचलित ऐन, नियम र नीति अनुसार सम्भाव्य सामुदायिक, कबुलियती, संरक्षित तथा धार्मिक वन क्षेत्रहरुको पहिचान, विकास एवं व्यवस्थापन गर्ने ।
- डिभिजन स्तरिय वन विकास कार्यमा जनसहभागिता परिचालन गर्दै वन निकायबाट जनतालाई प्रवाह गर्नुपर्ने सेवा सुविधा चुस्त, दुरुस्त, प्रभावकारी बनाई सवल र सक्षम वन प्रशासन कायम गर्ने ।
- डिभिजनको क्षेत्रमा निजी वन र कृषि वन प्रणालीको विकास एवं विस्तार गर्ने र आवश्यक सिप, ज्ञान र प्रविधी हस्तान्तरण गर्ने ।
- डिभिजन स्तरिय पञ्चवर्षिय एवं वार्षिक योजना तर्जुमा गरी स्विकृतीको लागि प्रदेश वन निर्देशनालयमा पेश गर्ने ।
- डिभिजन स्तरिय सरकारी तथा स्थानिय निकाय र गैरसरकारी संघसंस्थाहरुमा समन्वय विस्तार गरी स्थानीय तहका वन विकास एवं व्यवस्थापन कार्यहरु संचालन गर्ने ।
- डिभिजनमा संचालित वन विकास कार्यक्रमको प्र्रगती विवरणको साथै अनुगमन प्रतिवेदन प्रदेश वन निर्देशनालय, वन तथा भू–संरक्षण विभाग र अन्य सम्बन्धित निकायहरुमा पेश गर्ने संघीय र प्रदेश सरकारले तोकेका अन्य कार्यहरु गर्ने गराउने ।